गण्डकी प्रदेशमा मन्त्रीपरिषद गठन भएको झण्डै २ सातापछि दुई जना मन्त्रीको मन्त्रालय तोकिएको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीहरू कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालय तोकेकी हुन । खड्कालाई सामाजिक विकास मन्त्रालय र अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी दिइएको छ ।

बिना विभागीय मन्त्रीहरु राजिव गुरुङ (दीपक मनाङे) र हरिशरण आचार्यको भने मन्त्रालयको विषयमा सहमति नजुटदा अझै मन्त्रालय तोकिएको छैन ।

गण्डकी प्रदेशका दुई मन्त्रीको मन्त्रालय तोकियो, सहमति नजुटदा दुई जना अझै बिना विभागीय नै