पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ४७६ सहित देशभर थप ४५२२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित कुल पोजेटिभ संख्या ६ लाख ५४ हजार ४७० जना पुगेको छ ।

१२ हजार २०४ जनामा पीसीआर परीक्षण गर्दा ३७०३ र ४७०९ एन्टिजेन परीक्षणमा ८१९ जना गरी ४५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ३१०, ललितपुरका ९९ र भक्तपुरका ६७ जना गरी ४७६ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४९५४ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ५ लाख ६४ हजार ८८२ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४१ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ८८१३ पुगेको छ ।