नेपालमा कोरोनाको डेल्टा भेरियन्टमा नयाँ म्युटेसन भेटिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठनको सहयोगमा गरेको नमुना परीक्षणका क्रममा नेपालमा धेरै जनामा डेल्टा भेरियन्टको संक्रमण देखिएकोमा १ जनामा नयाँ म्युटेसन भेटिएको जनाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार देशका विभिन्न भागबाट संकलन गरिएको ४८ वटा नमुनामध्ये ४७ जनामा डेल्टा भेरियन्ट र १ जनामा अल्फा भेरियन्टको संक्रमण देखिएको थियो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका विभिन्न भागबाट वैशाख २६ गतेदेखि जेठ २० गतेसम्म संकलन गरेका ४८ वटा नमुनालाई विश्व स्वास्थ्य संगठनको मान्यता प्राप्त गरेको भारतको इन्स्टिच्युट अफ जिनोमिक्स एन्ड इन्टिग्रेटेड बायोलोजी ल्याबमा भएको जीन सिक्वेन्सिङमा उक्त नतिजा आएको हो।

डेल्टा भेरियन्ट अहिले विश्वका ८० भन्दा बढी देशमा देखिएको छ। अल्फा भेरियन्ट १६४ देशमा देखिएको छ।

४७ जनामध्ये ९ वटा नमुनामा के४१७एन भन्ने परिवर्तित रुप देखिएको छ। यो यसअघि पनि नेपालमा देखिएको थियो। यो रुप अहिले संसारका १० वटा देशमा देखिएको डा। पौडेलले जानकारी दिए।

विश्व स्वास्थ्य संगठनले हालसम्म नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.७१२.२) र काप्पा (बी.१.६१७.१) देखिएको जनाएको छ।

यी तीन भेरियन्टमध्ये नेपालमा हाल डेल्टा (बी.१.७१२.२) भेरियन्ट सक्रिय रहेको डब्लूएचओले जनाएको छ।