काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक हप्ताका लागि लम्वाउने निर्णय भएको छ ।

उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले जारी निशेधाज्ञालाई असार १४ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

थप गरिएको निशेधाज्ञा केहि खुकुलो बनाउदै निजी सवारीलाई जोर-बिजोर अनुसार चल्न दिइने र बार अनुसार पसल सञ्चालन गर्न दिइने गरी निर्णय भएको छ ।

आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न दिइने भएको छ । सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न दिइनेछ।

खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ भने रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउने भएका छन् ।

हार्डवेयर पसलहरु दैनिक ११ बजेदेखि बेलुका ६ बजेसम्म खुल्न पाउने भएका छन् । शनिबार अत्यावश्यक बाहेकका पसलहरु खुल्न नपाउने भएका छन् ।

सरकारी र सार्वजनिक संस्थानका कार्यालयमा सीमित कर्मचारी राखेर मात्र संचालन गर्न अनुमति दिइएको छ ।

हेर्नुहोस सूचना

खुकुलो गरिएको निशेधाज्ञामा के-के गर्न पाइन्छ ? कुन बार कुन पसल खोल्न पाइन्छ ? (सूचिसहित)