गएराती मेलम्ची नदीमा आएको हेलम्बु गाउँपालिका–२ को वडा कार्यालय‚ ईलाका प्रहरी कार्यालयको भवन र विद्यालयको भवन बाढीले बगाएको छ। ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले सो प्रहरी कार्यालय गएरातीको भीषण बाढीले ढलाएको बताउनुभयो । हेलम्बु गाउँपालिका २ किउलमा रहेको सो चौकी बाढीले ढाल्न सक्ने खतरा देखेर प्रहरीले हिजो नै सबै कागजात र सामान सारेको उहाँले जानकारी दिनुभएको छ । अहिले सो चौकी भाडाका घरमा सारिएको छ ।
गएरातीको बाढीले हेलम्बु गाउँपालिका को २ नम्बर वडा कार्यालय पनि बगाएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताउनु भयो ।
बाढीले हेलम्बु गाउँपालिका ४ मा रहेको इष्ट प्वाइन्ट एकेडेमीको भवन पनि बगाएको छ । मेलम्ची नगरपालिका ६ तालामाराङमा रहेको तेर्से माबिको भवनमा पनि क्षति पुगेको छ ।
बाढीले हेलम्बुको चनौटेमा रहेको रातो मोटरेबल पुल पनि बगाउने अबस्थामा पुगेको छ ।








