पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ४९९ सहित देशभर थप २८२८ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित कुल पोजेटिभ संख्या ६ लाख ३७ हजार ४३३ जना पुगेको छ ।
८ हजार ६८७ जनामा पीसीआर परीक्षण गर्दा २०१४ र ४३३५ एन्टिजेन परीक्षणमा ८१४ जना गरी २८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ३५४, ललितपुरका ६६ र भक्तपुरका ७९ जना गरी ४९९ कोरोना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३०८२ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ५ लाख ४३ हजार ५२१ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५२ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ८५५८ पुगेको छ ।








