नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बाढी तथा पहिरोमा परेकालाई उद्दार गर्न आफ्ना नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ ।
सभापति देउवाले टुइट गर्दै सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न क्षेत्रमा बाढी, पहिरोमा परेकालाई उद्दारमा खट्न आफ्ना नेता तथा कार्यकर्ताहरुलाई तत्काल आआफ्नो क्षेत्रमा उद्दार र राहतमा खटिन निर्देशन पनि दिनु भएको हो ।
‘केही दिनदेखि परेको अविरल बर्षाका कारण सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र कटानले विकराल रुप लिएको छ,’ सभापित देउवा टुइटरमा लेख्नुहुन्छ ‘यो कठिन अवस्थामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई तत्काल आआफ्नो क्षेत्रमा उद्दार र राहतमा खटिन निर्देशन गर्दछु ।’
साथै उहाँले विपदमा परेका जनतालाई उद्दार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरुलाई आवश्यक राहत प्याकेज घोषणा गर्न माग गर्न सरकारसँग माग गर्नु भएको छ । उहाँले भन्नुभयो ‘सरकारलाई तत्काल विपदमा परेका जनतालाई उद्दार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरुलाई आवश्यक राहत प्याकेज घोषणा गर्न माग गर्दछु।’
केही दिनदेखि परेको अविरल बर्षाका कारण #सिन्धुपाल्चोक, #मनाङ लगायत देशका विभिन्न क्षेत्रमा #बाढि, #पहिरो र कटानले विकराल रुप लिएको छ । यो कठिन अवस्थामा नेपाली #कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई तत्काल आआफ्नो क्षेत्रमा #उद्दार र #राहतमा खटिन निर्देशन गर्दछु । 1/2
— Sher Bahadur Deuba (@SherBDeuba) June 16, 2021








