प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासलाई सहयोग गर्न चार जना एमिकस क्युरी चयन भएका छन् ।
मंगलबार नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनले दुई-दुई जना जना वरिष्ठ अधिवक्ता एमिकस क्युरी चयन गरेको हो ।
नेपाल बारले वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकलाई एमिकस क्युरीको रुपमा चयन गरेको हो भने सर्वोच्च अदालत बार एशोसिएसनले वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी एमिकस क्युरीको रुपमा चयन गरेको हो ।
जेठ ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।
असार ९ गतेदेखि निरन्तर हुने सुनुवाइमा संवैधानिक इजलासले सर्वोच्च बार र नेपाल बारलाई दुई(दुई जना एमिकस क्युरी पठाउन आदेश गरेको थियो ।
गत जेठ ७ गते प्रधानमन्त्री केपी शर्मा अोलीले विघटन गरेको प्रतिनिधिसभाविरुद्धको रिटमा असार ९ गतेबाट सुनुवाई सुरु हुँदैछ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेर्नका लागि संवैधानिक इजलास गठन गरेका थिए । इजलासले जेठ २६ गते सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।








