पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ५४५ सहित देशभर थप २७४५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणबाट ६ लाख १२ हजार २०२ र एन्टिजेन परीक्षणबाट २२ हजार ४०३ गरी कुल पोजेटिभ संख्या ६ लाख ३४ हजार ६०५ जना पुगेको छ ।
७ हजार ४४९ जनामा पीसीआर परीक्षण गर्दा १६८१ र ५८४१ एन्टिजेन परीक्षणमा १०६४ जना गरी २७४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ४५५, ललितपुरका ७४ र भक्तपुरका १६ जना गरी ५४५ कोरोना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४१८७ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ५ लाख ४० हजार ४३९ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४१ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ८५०६ पुगेको छ ।








