पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ६०७ सहित देशभर थप २९१८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

९ हजार ४३८ जनामा पीसीआर परीक्षण गर्दा २०४९ र ५३८१ एन्टिजेन परीक्षणमा ८६९ जना गरी २९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ३९६, ललितपुरका १४५ र भक्तपुरका ६६ जना गरी ६०७ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५१४७ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ५ लाख ३६ हजार २५२ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ८४६५ पुगेको छ ।