भदौमा हुने भनिएको नेपाली काँग्रेसको १४ औं महाधिवेशन सार्न] निर्णय भएको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार बसेको पदाधिकारी बैठकमा भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय भएको हो । यसअघि महाधिवेशनको मिति भदौ ७ देखि १० गतेसम्म तय भएको थियो ।
सभापति देउवाले आफ्नो विशेषाधिकार प्रयोग गरी केन्द्रीय समितिबाट अनुमोदन गर्ने भएका छन् ।








