पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ११४० सहित देशभर थप ३७५० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या पीसीआर विधिबाट ६ लाख ४ हजार ३९६ र एन्टिजेन परीक्षणबाट १८ हजार ७५५ गरी ६ लाख २३ हजार १५१ जना पुगेको छ ।

९ हजार ५९८ जनामा पीसीआर परीक्षण गर्दा २७०९ र ५५८४ एन्टिजेन परीक्षणमा १०४१ जना गरी ३७५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ९२१, ललितपुरका १६३ र भक्तपुरका ५६ जना गरी ११४० कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५२२५ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ५ लाख २० हजार ८१६ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६७ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ८३०५ पुगेको छ ।