पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ९१५ सहित देशभर थप ४३४४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
१२ हजार ७४ जनामा पीसीआर परीक्षण गर्दा ३४४९ र ४५६८ एन्टिजेन परीक्षणमा ८९५ जना गरी ४३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ६७९, ललितपुरका १५१ र भक्तपुरका ८५ जना गरी ९१५ कोरोना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५७६८ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ५ लाख १० हजार २९८ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८१ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ८१७९ पुगेको छ ।








