पालुङ्गटार नगरपालिका वडा नं ८ स्थित धुवाकोट स्वास्थ्य चौकीलाई सम्सरा रेमिट प्रा लि का कार्यकारी उपाध्यक्ष जीवन बाबू श्रेष्ठले ५ थान अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री प्रदान गरेका छन ।
पालुङ्गटार नगरपालिका वडा नं ८ स्थित धुवाकोट घर भइ हाल काठमाडौं बस्ने श्रेष्ठले पिपिइ, अक्सिजन सिलिण्डर, मास्क, सेनिटाइजर, कोभिड बिरामीका लागि सिफारिस भएका औसधिहरु गरी जम्मा २ दुई लाख ५० हजार रुपैयाँ भन्दा बढिका स्वास्थ्य सामग्रिहरु वडा अध्यक्ष शंकर राज कडेंलको रोहवरमा धुवाकोट स्वास्थ्य चौकीका प्रमुख लक्ष्मण बाबू श्रेष्ठलाई हस्तान्तरण गरेका हुन ।
कार्यक्रममा वडा अध्यक्ष कडेंलले कोरोना भाइरसको महामारीमा अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु प्रदान गरेकोमा श्रेष्ठलाई धन्यवाद दिएका थिए ।








