पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा १११५ सहित देशभर थप ४४७२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या पीसीआर विधिबाट ५ लाख ९१ हजार ४९४ र एन्टिजेन परीक्षणबाट १४ हजार ६६१ गरी ६ लाख ६ हजार १५५ जना पुगेको छ ।

१२ हजार २ जनामा पीसीआर परीक्षण गर्दा ३३७० र ५९०१ एन्टिजेन परीक्षणमा ११०२ जना गरी ४४७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ७९०, ललितपुरका १९० र भक्तपुरका १३५ जना गरी १११५ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ६९५१ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ४ लाख ९७ हजार ९६० जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९२ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ७९९० पुगेको छ ।