पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा १३८४ सहित देशभर थप ६६५३ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० जना पुगेको छ ।
१४ हजार १८२ जनामा पीसीआर परीक्षण गर्दा ४६२४ र ६६३१ एन्टिजेन परीक्षणमा २०२९ जना गरी ६६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ८९७, ललितपुरका २९९ र भक्तपुरका १८८ जना गरी १३८४ कोरोना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ८६६३ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ४ लाख ७६ हजार १३० जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १०१ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ७७३१ पुगेको छ ।








