अमेरिकाले नेपाल लगायत विभिन्न देशलाई कोरोना विरुद्धको खोप दिने घोषणा गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले आफ्नो फेसबुक मार्फत सो जानकारी गराएको हो ।

अमेरिकाले नेपाल लगायत एशियाका विभिन्न देशलाई कोभ्याक्स मार्फत ७० लाख डोज खोप उपलबध गराउने भएको जनाइएको छ ।

अमेरिकाको सो घोषणाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरमार्फत धन्यवाद दिएका छन ।