पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा २०५७ सहित देशभर थप ६८२५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ५ लाख ७६ हजार ९३६ जना पुगेको छ ।

१८ हजार ५६२ जनामा पीसीआर परीक्षण गर्दा ५८२५ र ३२११ एन्टिजेन परीक्षणमा १००० जना गरी ६८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका १६३०, ललितपुरका २९८ र भक्तपुरका १२९ जना गरी २०५७ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५९०४ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ४ लाख ६७ हजार ४६७ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७५ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ७६३० पुगेको छ ।