कपा (एमाले) स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाइएको बैठक अनिश्चितकालका स्थगित भएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

यसअघि मंगलबार पनि बैठक स्थगित भएको थियो । आजै माधव नेपाल पक्षले केन्द्रीय कमिटी बैठक राखेपछि अबको परिस्थिति हेरेर बैठक बस्नेगरि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको हो । बैठक आज अपरान्ह ४ बजे बस्ने भनिएको थियो ।