काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को मंगलबार बसेको बैठकले जारी निषेधाज्ञाको अवधि एकसाता देखि १० दिनसम्म थप्ने निष्कर्ष निकालेको छ ।

जारी निषेधाज्ञा सकिन लागेको बेला प्रजिअहरुको बैठकले उक्त छलफल गरेको हो । निषेधज्ञा थप्ने विषयमा निष्कर्षमा पुगे पनि यसबारे आज बुत्रबार बस्ने बैठकमा निर्णय गरिने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलेले जानकारी दिनुभयो ।

यसै गरि बैठकले निशेधाज्ञा केहि खुकुलो बनाउदै किराना पसल, डिपार्टमेन्टल स्टोर र स्टेनरी किताव पसल विहान ९ बजेसम्म खोल्न दिने विषयमा छलफल भएको उहाँले बताउनुभयो । तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ९ सम्म मात्र खोल्न दिइएको छ ।

निजी तथा सार्वजनिक निर्माणको काम पनि चलाउन दिने तर काम गर्दा काम गर्ने मानिस भित्रै बस्नु पर्ने उहाँले जानकारी दिनुभयो । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि यही जेठ २० गते राती १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।