पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा १५५८ सहित देशभर थप ६०८५ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ जना पुगेको छ ।
१७ हजार १४७ जनामा पीसीआर परीक्षण गर्दा ५२८५ र ३०१८ एन्टिजेन परीक्षणमा ८०० जना गरी ६०८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका १०६०, ललितपुरका २८३ र भक्तपुरका २१५ जना गरी १५५८ कोरोना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ६८९८ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ४ लाख ५४ हजार ३४४ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६८ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ७४५४ पुगेको छ ।








