पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा १२६३ सहित देशभर थप ४७६२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ५ लाख ६१ हजार ३०२ जना पुगेको छ ।
१५ हजार ५५ जनामा पीसीआर परीक्षण गर्दा ४१७८ र २४२५ एन्टिजेन परीक्षणमा ५८४ जना गरी ४७६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ८९०, ललितपुरका २५२ र भक्तपुरका १२१ जना गरी १२६३ कोरोना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ६४९१ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ४ लाख ४७ हजार ४४६ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११४ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ७३८६ पुगेको छ ।








