मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ५ बजेपछि बैठक बस्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो ।
नियमित बैठक भएकाले कोभिड समस्या समाधानका विषय तथा मन्त्रालयका नियमित कामकाजका विषय बैठकको एजेण्डा हुनसक्ने मन्त्री ढकालले जानकारी दिनुभयो । गत शनिबार मात्र आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गरेको सरकारले कोभिड नियन्त्रणमा सम्पूर्ण ध्यान केन्द्रित गरेको छ ।








