नेपाली कांग्रेसले सरकारको आर्थिक वर्ष २०७८/७९ को बजेटका विषयमा धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन राखेको छ ।

कांग्रेसले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सोमबार दिउँसो २ बजे पत्रकार सम्मेलन राखेको छ । बजेटका एक–एक बुँदामा कांग्रेसले आकस्मिक रुपमा पत्रकार सम्मेलन गरेर सरकारविरुद्ध आफ्नो टिप्पणी सार्वजनिक गर्न लागेको छ ।

पत्रकार सम्मेलनमा जेठ १५ गते नेपाल सरकारद्वारा आर्थिक वर्ष २०७८/७९ को आय व्यायको सार्वजनिक जानकारी वक्तव्यबारे नेपाली कांग्रेसको धारणा प्रस्तुत गरिनेछ ।

अर्थमन्त्री विष्णु पौडेलले निर्वाचनका लागि पैसा विनियोजन नगरेर बजेट ल्याएको भन्दै विरोध भएका बेला कांग्रेसले पत्रकार सम्मेलन गर्न लागेको छ ।