विपक्षी गठबन्धनको बैठक नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा शुरु भएको छ।
प्रतिनिधिसभा विघटन र सरकारले ल्याएको बजेटका बारेमा छलफल गर्न देउवा निवासमा विपक्षी गठबन्धनका नेता भेला भएका हुन ।
बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता ज्ञानेन्द्र बहादुर कार्की सहभागी छन् । नेकपा एमालेको नेपाल समूहबाट वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावलको सहभागिता रहेको छ ।
यस्तै नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कृष्ण बहादुर महरा र देव गुरुङ छन् भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि बैठकमा सहभागी रहेको जनाइएको छ।
बैठकले सरकारले ल्याएको बजेटको बारेमा र आगामी रणनीति तय गर्ने जनाइएको छ।








