जारी निषेधाज्ञालाई थप कडा पार्न काठमाडौँ उत्यकामा शुक्रबारबाट किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णय भएकोमा यस अवधिमा खाद्य अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय काठमाडौले वैकल्पिक व्यवस्था गरको छ ।

खाद्य सामग्री अभाव भए नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले सामान घरैमा डेलिभरि गरिदिने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडा}ले एक सुचना जारी गर्दै जानकारी दिएको छ ।

प्रशासनले त्यसका लागि कम्पनीको फोन नम्बर पनि सार्वजनिक गरेको छ । नागरिकले खाद्य सामग्री मगाए मोबाइल गाडीबाट घरमै लैजाने व्यवस्था मिलाइएको भनिएको छ ।

दाल, चामल, नून-तेल, चिनीलगायत खाद्य सामग्रीको उक्त कम्पनीहरूमार्फत मगाउन सकिनेछ ।

किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द भएपनि खाद्य कम्पनी र साल्ट ट्रेडिङले घरैमा सामान डेलिभरि गर्ने