पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा १४९३ सहित देशभर थप ६७१४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ५ लाख ३५ हजार ४१७ जना पुगेको छ ।

१९ हजार ३० नमुनाको पीसीआर टेष्ट गर्दा ६६७७ र ३२२ एन्टिजेन टेष्ट गर्दा ३७ जना गरी ६७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ११३९, ललितपुरका २४१ र भक्तपुरका ११३ जना गरी १४९३ कोरोना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ६७१६ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ४ लाख ११ हजार ६०३ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४५ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ६८४५ पुगेको छ ।