व्यक्तिगत प्रयोजन तथा अन्य कुनै प्रयोजनले लगिएका अक्सिजन सिलिन्डरहरू समयमा नै फिर्ता गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै विभिन्न व्यक्ति तथा संस्थाहरुले व्यक्तिगत, आइसोलेसन केन्द्र र अस्पतालहरुमा प्रयोगका लागि लगिएका सिलिण्डरहरु जुन कम्पनीको हो सोही कम्पनीमा फिर्ता गरिदिन आग्रह गरेको हो ।
अक्सिजन आपूर्ति व्यवस्था सहज भएपनि एउटा कम्पनीको सिलिण्डर अर्कोमा पुग्ने गरेकोले समस्या उत्पन्न हुनुका साथै देशका दुरदराजमा व्यक्तिको घरमा थन्किएर रहदा अस्पतालहरुमा सघन उपचाररत संक्रमितहरुलाई अप्ठ्यारो हुन जाने भएकोले सबैजना संवेदनशील बनिदिन मन्त्रालयले सूचनामार्फत अनुरोध गरेको हो ।









