काठमाडौं उपत्यकामा जारी निशेधाज्ञा १ साता थप गर्दै जेठ २० गतेसम्म लम्ब्याउने निर्णय भएको छ ।

उपत्यकाका ३ जिल्ला काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले निशेधाज्ञाा एक साता थप्दै जेठ २० सम्म जारी गर्ने गर्ने निर्णय गरेको भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराईले बताए ।

भट्टराईका अनुसार थपिएको निषेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइए पनि किराना पसल र डिपार्टमेन्टल स्टोर संचालनमा भने पूर्णतया रोक लगाइएको छ ।

सरकारले कोरोना भाइरस संक्रमण रोक्न वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो ।

उपत्यकामा जेठ २० सम्म लम्बियो निषेधाज्ञा, अब किराना पसल पनि खोल्न नपाइने (सूचनासहित)

उपत्यकामा जेठ २० सम्म लम्बियो निषेधाज्ञा, अब किराना पसल पनि खोल्न नपाइने (सूचनासहित)

उपत्यकामा जेठ २० सम्म लम्बियो निषेधाज्ञा, अब किराना पसल पनि खोल्न नपाइने (सूचनासहित)