नेकपा एमाले स्थायी कमिटीको सोमबार दिउँसो बसेको बैठकले एमाले नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जना नेतालाई पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको छ । १२ जनालाई भने २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।

नेता नेपाल-खनालसहित भीम बहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणी कुमारी खड्कालाई पार्टी विरुद्ध गतिविधि गरेकोमा निस्कासन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।