कोरोना भाइरस संक्रमणको दोस्रो लहरसँग जुधिरहेको नेपालका लागि स्वीट्जरल्याण्ड सरकारले सहयोगस्वरुप पठाएको अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ ।

स्वीस सरकारका तर्फबाट प्रदान गरिएको स्वास्थ्य सामग्री शनिबार बिहान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

उक्त स्वास्थ्य सामग्री नेपालका लागि स्विजरल्याण्डका राजदूत महामहिम एलिजावेथ भोन क्याप्लरले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेकि हुन ।

सो अवसरमा एन्टिजेन टेस्ट किट ११ लाख थान, अक्सिजन कन्सन्ट्रेटर १० थान, अक्सिजन नेजल क्यानुला १ हजार थान, भेन्टिलेटर ४० थान, केएन ९५ मास्क १ लाख १० हजार थान, ग्लोब्स ५० हजार थान, पिपिई १५ हजार थान, माक्स फर हमिल्टन १२ थान र सर्किट भल्ब फर हमिल्टन १४० थान लगायतका स्वास्थ्य सामाग्री प्राप्त भएको मन्त्रालयले जनाएको छ ।