नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादललाई पराजित गर्दै राष्ट्रियसभा उपनिर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलका साझा उम्मेदवार  खिमलाल देवकोटा विजयी भएका छन ।

आज भएको उपनिर्वाचनको भर्खरै सम्पन्न मतपरिणाम अनुसार बादलले ४०१४ मत ल्याउँदा खिमलालले ५०८८ मत ल्याउन सफल हुन ।

यसअघि दिउँसो ३ बजे सकिएको मतदानमा ३३८ जनाले मतदान गरेका थिए ।

बागमती प्रदेशको प्रदेश सभाका ११० सदस्य र ११९ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख गरी २३८ जना मतदाता रहेका थिए । प्रदेश सभाका र स्थानीय तहका गरी ३४८ जना मतदाता रहेकोमा प्रदेश सभाका सदस्य पशुपति चौलागाईँको कोरोना सङ्क्रमणबाट निधन भएपछि ३४७ मतदाता रहेका थिए ।

विवेकशील साझा पार्टीका तीन जना प्रदेश सभाका सदस्य मतदानमा सहभागी भएनन । बागमती प्रदेशको प्रदेश सभा सदस्य १०५ जना मतदानमा सहभागी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख गरी २३३ जना सहभागी भए ।

प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तह सदस्य तर्फको मतभार १८ रहेको छ ।

उपनिर्वाचनमा नेकपा एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादल, नेपाल मजदूर किसान पार्टी (नेमकिपा) बाट कृष्णबहादुर तामाङ र स्वतन्त्र उम्मेदवार डा खिमलाल देवकोटा प्रतिस्पर्धामा रहेका थिए ।