सरकारले ३० निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात प्रदेशका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजसँग कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने सम्झौता गरेको मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारीले बताए ।

सम्झौता अनुसार संक्रमितको उपचारका लागि आइसोलेसनको प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केशका बिरामीको उपचारका लागि ७ हजार र आईसीयू तथा भेन्टिलेटरमा उपचारका गर्नेलाई १५ हजारका दरले मन्त्रालयले सोधभर्ना बापत अस्पताललाई दिने छ ।

मन्त्रालयसँग सम्झौता गरेका ३० अस्पतालहरुले संक्रमितको उपचारको खर्च विवरण स्वास्थ्य मन्त्रालयलाई बुझाउनुपर्ने हुन्छ ।

कोरोना संक्रमितले ३० निजी अस्पताल तथा मेडिकल कलेजमा निःशुल्क उपचार पाउने (सूचिसहित)