पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका २४८६ सहित देशभर थप ८१७३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ४ लाख ८० हजार ५२७ जना पुगेको छ ।
पीसीआर परीक्षणमा ८०६४ र एन्टिजेन परीक्षणमा १०९ जना गरी ८१७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका १९८८, ललितपुरका २७० र भक्तपुरका २२८ जना गरी २४८६ कोरोना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ७९८९ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ३ लाख ६० हजार ४०३ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४६ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ५६५७ पुगेको छ ।








