नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिएको पुष्टि भएको छ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।

देशका विभिन्न भागबाट गत हप्ता संकलित ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ गरी आज प्राप्त नतिजा अनुसार ९७ प्रतिशत (३४ वटा) बी.१.६१७.२ नयाँ भेरियन्ट र ३ प्रतिशतमा बी.१.६१७.१ पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यससंगै हालसम्म नेपालमा यो परिवर्तित भाईरस सहित तीन किसिमका भेरियन्ट रहेको पुष्टि भएको मन्त्रालयले बताएको छ । विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा समेत गरिसकेको मन्त्रालयले जारी गरेको अपीलमा उल्लेख छ ।

हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनबाट पाइएको मन्त्रालयको भनाई छ । मन्त्रालयले संक्रमण रोक्न सबै सचेत र जिम्मेवारी वनी जनस्वास्थ्यका मापदण्ड पाल्ना गर्न सवैलाई अनुरोध गरेको छ ।

नेपालमा कोभिड-१९ को नयाँ भेरियन्ट फैलिएको पुष्टि, ३ किसिमका भेरियन्ट भेटिएकोमा नयाँ धेरै संक्रामक