कोभिड १९ का कारण राजधानीका अस्पतालहरुमा देखिएको रगतको अभावलाई केहि हदसम्म भएपनि पूर्ति गर्ने उद्देश्यले राजधानीको सामाखुसी टाउन प्लानिंगस्थित भिजन एण्ड भ्यालु ओभरसिजले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा भिजन एण्ड भ्यालु ओभरसिजले जेठ ६ गते बिहीबार सामाखुसीस्थित स्काई पार्टी प्यालेसको प्रांगणमा रक्तदान कार्यक्रम गर्न लागेको यसका संचालक तथा समाजसेवी पदमराज पौडेलले जानकारी दिएका छन । रक्तदान बिहान ९ बजेदेखि १२ बजेसम्म जारी रहने जानकारी दिँदै पौडेलले पायक पर्ने सबैलाई रक्तदान कार्यक्रममा सहभागी भएर रक्तदान गर्न अपिल समेत गरेका छन ।
आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष रक्तदान कार्यक्रम गर्दै आएको भिजन एण्ड भ्यालुले गतवर्ष पनि कोभिड महामारीकैबीचमा रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो । साथै सो समयमा प्रालिले कोभिड रोकथाम र उपचार सहजताका लागि देशभरका विभिन्न अस्पतालहरुलाई पिपिई सेट, ग्लोब, माक्सलगायतका स्वास्थ्य सामाग्री पनि वितरण गरेको थियो ।
नेपाली कामदारलाई सुरक्षित, आकर्षक र विश्वासीलो तवरले वैदेशिक रोजगारीमा पठाइरहेको भिजन एण्ड भ्यालु ओभरसिजले देशमा आइपर्ने विभिन्न विपत्तिमा सहयोगका अलवा विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ ।








