पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका २६०९ सहित देशभर थप ७३६८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ४ लाख ५५ हजार ७२ जना पुगेको छ ।
१९ हजार ५३९ पीसीआर परीक्षणमा ७३१६ र ३४४ एन्टिजेन परीक्षणमा ५२ जना गरी ७३६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका १८८१, ललितपुरका ४३६ र भक्तपुरका २९२ जना गरी २६०९ कोरोना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ६६४८ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ३ लाख ३९ हजार ७५६ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४५ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ५००१ पुगेको छ ।








