नेकपा एमालेको अन्तरिक समस्या समाधान गर्न दुबै तर्फबाट पाँच(पाँच जना सदस्य रहने गरी कार्यदल गठन भएको छ ।

अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता नेपालबीच सिंहदरवारमा भएको छलफलमा सो सहमति भएको हो । कार्यदललाई तीन दिनको समय दिइएको छ ।

कार्यदलमा नेता सुवासचन्द्र नेम्वाङ्ग र भीम रावलले नेतृत्व गर्नुहुने वार्तापछि नेता नेपालले पत्रकारहरुलाई जानकारी गराउनुभयो ।

कार्यदलका अन्य सदस्यहरूमा अध्यक्ष केपी ओलीका तर्फबाट, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहनु भएको छ भने नेता नेपालका तर्फबाट घनश्याम भुषाल,गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहनुभएको नेता नेपालले जानकारी दिनुभयो ।