चीन सरकारले सहयोग स्वरुप उपलब्ध गराएको १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाकामा आइपुगेको छ ।
उप–प्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले चीन सरकारले उपलब्ध गराएको १८ हजार थान सिलिण्डर तातोपानी नाकामा आइपुगेको बताए ।
तातोपानी नाकासम्म आइपुगेको अक्सिजनका सिलिण्डरहरूलाई काठमाडौं ल्याउने तयारी भइरहेको पाण्डेले बताए ।
नेपाल सरकारको अनुरोधमा चीन सरकारले ती सिलिण्डरहरू दिएको हो ।
नेपालमा कोरोनाभाइरसको संक्रमण तीब्र रुपमा बढिरहेका बेला चीन सरकारले उपचारमा सहयोग पुगोस भनेर सिलिण्डरहरू दिएको छ ।
अस्पतालहरूमा कोरोनाका बिरामीलाई उपचार गर्न अक्सिजन अभाव भइरहेका बेला चीन सरकारले दिएको अक्सिजन सिलिण्डरहरूले सहयोग मिल्नेछ ।








