प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।
शुक्रबार शीतल निवासमा आयोजना गरिएको कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई शपथ गराउनुभएको हो ।
बिहीबार राति राष्ट्रपति भण्डारीले ओलीलाई संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।
साथै सोही अवसरमा नवनियुक्त मन्त्रीहरूले पनि शपथ लिनुभएको थियो । नवनियुक्त मन्त्रीहरूको यस अघिकै जिम्मेवारी तोकिएको छ । यसअघि मन्त्रिमण्डलमा हेरफेर हुने भनिएको भए पनि हाललाई साविककै मन्त्रीहरू रहनुभएको छ ।








