पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका ३९२४ सहित देशभर थप ९३०५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ४ लाख २२ हजार ४१६ जना पुगेको छ ।
२० हजार ३६२ पीसीआर परीक्षणबाट ९२३८ र ४२४ एन्टिजेन परीक्षणमा ६७ जना गरेर ९३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका ३२५०, ललितपुरका ४४८ र भक्तपुरका २२६ जना गरी ३९२४ कोरोना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४४४४ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ३ लाख १६ हजार ४६३ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६८ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ४२५२ पुगेको छ ।








