पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका ३९२७ सहित देशभर थप ९४८३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ४ लाख १३ हजार १११ जना पुगेको छ ।
२० हजार ५९६ पीसीआर परीक्षण र ७२० एन्टिजेन परीक्षणमा ९४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका २७८८, ललितपुरका ६०२ र भक्तपुरका ५३७ जना गरी ३९२७ कोरोना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५२२५ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ३ लाख १२ हजार १९ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा र विभिन्न समयमा नेपाली सेनाले व्यवस्थापन गरेको शवसमेत गरेर एकैदिन कोरोना संक्रमणबाट २२५ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ४०८४ पुगेको छ ।








