चीनको बेइजिङबाट अक्सिजन सिलिन्डर बोकेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं आइपुगेको छ ।

चार सय अक्सिजन सिलिन्डर लिएर आज दिउसो ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल कार्यालयले जानकारी दिएको छ । उक्त जहाजले ४ सय सिलिन्डर, अक्सिजन कसन्र्नटेटर लगायत भेन्टिलेटरका सामान ल्याएको हो ।

चीनले अनुदानमा दिएका २० हजार अक्सिजन सिलिन्डरमध्ये चारसय थान आज ल्याइएको हो ।