पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका ३६०७ सहित देशभर थप ९२७१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ४ लाख ३ हजार ७९४ जना पुगेको छ ।
१७ हजार ६२३ पीसीआर परीक्षण र ७८८ एन्टिजेन परीक्षणमा ९२७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौँका २७७५, ललितपुरका ५०५ र भक्तपुरका ३२७ जना गरी ३६०७ कोरोना संक्रमित भेटिएका हुन ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४००७ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने ३ लाख ६ हजार ७९४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३९ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ३८५९ पुगेको छ ।








