जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) काठमाडौंले उपत्यकामा जारी निषेधाज्ञा १५ दिन थप्न सिफारिश गरेको छ ।
सोमबार बसेको डीसीसीएमसीको वैठकले जारी निशेधाज्ञाा १५ दिन थप गर्ने प्रस्ताव गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
जारी निषेधाज्ञा २९ गते राती समाप्त हुने भएकाले भोलि वेलुकासम्म निषेधाज्ञा थप गर्ने विषयमा निर्णय लिने उनले जानकारी दिए ।
यसका विषयमा भोलि मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्नेछ । यही बैठकले निषेधाज्ञाको विषयमा निर्णय लिने पराजुलीको भनाई छ ।








