पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३६६६ सहित देशभर थप ७४४८ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ जना पुगेको छ ।
१६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी ७४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
जसमध्ये उपत्यकाको काठमाडौँमा २९२२ जना, भक्तपुरमा २२२ जना र ललितपुरमा ५२२ जना गरी ३५९५ कोरोना संक्रमित भेटिएका छन् ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २०२१ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने दुई लाख ८६ हजार १५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३७ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ३३६२ पुगेको छ ।








