नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिन लागे पछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो ।
सरकारले विश्वासको मत लिन लागेको विषय र पार्टीको आगामी १४ औँ महाधिवेशन तथा पछिल्लो समसामयिक विषयमा छलफल गर्न बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्न लागेको हो ।
बैठकमा पार्टीको महाधिवेशनका लागि भइरहेको तयारी तथा पछिल्लो समय तीव्र रुपमा फैलिएको कोरोना संक्रमणलगायतका विषयमा छलफल हुने बताइएको छ । बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बोलाइएको छ।
यसअघि कोरोना महामारीको कारण देखाउँदै कांग्रेसको केन्द्रीय कार्य समिति बैठक स्थगित गरिएको थियो ।








