पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३५९५ सहित देशभर थप ७२११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० जना पुगेको छ ।

१६ हजार १४७ पीसीआर परीक्षणमा ७१३७ जना र ६२३ जनाको एन्टिजेन परीक्षणमा ७४ जना गरी ७२११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

जसमध्ये उपत्यकाको काठमाडौँमा २७४४ जना, भक्तपुरमा ३०१ जना र ललितपुरमा ५५० जना गरी ३५९५ कोरोना संक्रमित भेटिएका छन् ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १६१२ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने दुई लाख ८३ हजार ९९४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ३३२५ पुगेको छ ।