कोरोना संक्रमितहरुको संख्या दैनिक १ सय जनाका दरले देखिन थालेपछि विराटनगर महानगरपालिकासहित छेउछाउका गाँउपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।

शुक्रवार विराटनगरस्थित जिल्ला प्रशासन कार्यालयमा बसेको डिसिसिएमसीको बैठकले विराटनगर महानगरपालिका, बुढीगंगा गाँउपालिका, जहदा गाँउपालिकाका सबै वडाहरु र कटहरी गाँउपालिकाको १,२, ३ र ४ नम्बर वडामा स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० अनुसार निषेधाज्ञा जारी गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिनुभयो ।

उहाँले बैशाख १८ गते राती १२ बजे देखि ७ दिनका लागि निषेधाज्ञा लगाउने निर्णय गरिएको बताउनु भयो ।

निषेधाज्ञालाई कडाईका साथ पालना गर्न गराउन र स्वास्थ्य सतर्कतालाई ख्याल गर्न सर्वसाधारणहरुलाई जिल्ला प्रशासन कार्यालय मोरङले आग्रह समेत गरेको छ ।