पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २९५६ सहित देशभर थप ५,७२७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ३ लाख २३ हजार १८७ जना पुगेको छ ।
१५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
जसमध्ये उपत्यकाको काठमाडौँमा २४०४ जना, भक्तपुरमा १३३ जना र ललितपुरमा ४१९ जना गरी २९५६ कोरोना संक्रमित भेटिएका छन् ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ९२८ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने दुई लाख ८१ हजार ९५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु पुष्टि भएको छ । यससँगै मृतकको संख्या ३२४६ पुगेको छ ।








